Kathmandu Press

सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झठप, स्थिति नियन्त्रणमा लिग कर्फ्यू लगाइयो

शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो। सहमतिपछि पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको हाे।
सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा झठप, स्थिति नियन्त्रणमा लिग कर्फ्यू लगाइयो

रौतहट, फागुन ५ : सरस्वतीको मुर्ति सेलाउने विषयमा विवाद हुँदा रौतहटमा झडप भएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा नियन्त्रणमा लिग कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए।

Hardik ivf

उनकाअनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो। त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए।

शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो। सहमतिपछि पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको हाे।

झडपमा दुबै पक्षका मानिसहरु घाइते भएका छ। घट्नास्थलमा ठूला संख्यामा प्रहरी परिचालन गरिएको छ। यहाँ पछिल्लो केही वर्षयता मूर्ति सेलाउने विषयलाई लिएर झडप हुँदै आएको छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्