Kathmandu Press

महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेस गर्दै कांग्रेस सांसद सुनिल शर्मा

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्नेसहितका बिषय समेटिएको छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।
महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेस गर्दै कांग्रेस सांसद सुनिल शर्मा

काठमाडाैं, फागुन ५ : नेपाली कांग्रेका महासमिति सदस्य एवं सांसद सुनिल शर्माले आगामी महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएका छन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्नेसहितका बिषय समेटिएको छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।

Hardik ivf

उनको प्रस्तावमा भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्यसंयन्त्र र समिति व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा तथा मुलुकका वर्तमानका समस्या समाधान गर्न कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी रहेको उल्लेख छ।

कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्व जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने उहाले उल्लेख गर्नुभएको छ भने अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइरहेको उनले बताए।

उहाले वडादेखि केन्द्रसम्मको सभापति र दुई तिहाइ पदाधिकारी निर्वाचित गर्ने र एक तिहाई पदाधिकारी सभापतिले मनोनित गरि समिति बनाउने व्यवस्था गर्नुपर्ने र सभापतिले समितिभित्रै अल्पमतमा परेर काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने वैधानिक व्यवस्था गर्ने,  पार्टीका सबै तहमा २० प्रतिशत समाजका विभिन्न क्षेत्रका विज्ञ, लब्धप्रतिष्ठित व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने उनको प्रस्ताव छ। 

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्