Kathmandu Press

‘बहुलवाद नभएकाे ठाउँमा अभिव्यक्ति स्वतन्त्रता हुँदैन’

पोखरा फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत तेस्रो दिन ‘सङ्कटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा उनले त्सस्ताे बताएका हुन्।
‘बहुलवाद नभएकाे ठाउँमा अभिव्यक्ति स्वतन्त्रता हुँदैन’
फाइल तस्बिर

पाेखरा, फागुन ५ : प्राज्ञिक तथा मिडिया विज्ञ कुन्दन अर्यालले बहुलवाद र विचारहरू नभएको ठाउँमा अभिव्यक्ति स्वतन्त्रता नहुने गरेको बताएका छन्।

पोखरा फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत तेस्रो दिन ‘सङ्कटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा उनले त्सस्ताे बताएका हुन्। ‘जहाँनिर बहुलवाद हुँदैन। जहाँनिर विचारहरू धेरै किसिमका आउँदैनन्। त्यो नै अभिव्यक्ति स्वतन्त्रता नभएको अवस्था हो। विचारहरू सबैले राख्न पाएका छन् कि छैन तथा कसैले अभिव्यक्त गर्दा परिणाम घातक हुन्छ भनेर हरदम सोचिरहनु परेको छ कि छैन। त्यो नभएको भए त्यो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता भएको अवस्था हो,’ उनले भने। 

Hardik ivf

पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता मापन गर्न सकिने अर्यालले सुनाए। ‘अभिव्यक्ति स्वतन्त्रता सामान्यता पत्रकारिता यसको क्षेत्र हो। अभिव्यक्ति स्वतन्त्रता मापन गर्दा मिडिया कस्तो छ ? त्यसमा कस्तो कुरा आएको छ। कसरी लेखिराखेको छ। छलफल कसरी गरिराखेको छ। त्यो हेर्ने ठाउँ एउटा त्यो हो,’ उनले भने, ‘कुनै पनि कुरा अभिव्यक्त गरिसकेपछि त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुरामा धेरै चिन्ता नगर्नु अवस्था जतिखेर आउँछ। त्यतिखेरि प्रेस स्वतन्त्रता त्यही आधारमा मापन गर्न सक्छौँ।’

प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र भएको अधिकारकर्मी सिग्देलले बताए। ‘प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र हो। भूषण दाहालले व्यवस्था परिवर्तनपछि पनि गोरखा पत्र, रासस, रेडियो नेपाल परिमार्जन नभएको बताए। ‘पञ्चायतकलामा गोरखा पत्र, रेडियो नेपाल, रासस सरकार चलाएको छ। 

व्यवस्था परिवर्तन गरिसकेपछि ती टुल्सहरुलाई परिमार्जन गरेनौँ नि। अहिले पनि सरकारकै मुख पत्र हुन्। त्यसैले गर्दा पनि आँखामा वालुका छर्ने काम नगरौँ। पञ्चायत काल अँध्यारो थियो। अहिले उज्यालो भयो भन्ने कुरामा विश्वास गर्ने पर्याप्त आधार छैन,’ उनले भने।  
 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्