महोत्तरीमा दुई समुदायबीच झडप हुँदा ३ जना घाइते
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं। २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो।
जनकपुरधाम, फागुन ५ : महोत्तरीमा दुई समुदायबीच झडप हुँदा ३ जना घाइते भएका छन्।
जिल्लाको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा झडप भएको हाे।
सम्सी-१ बाट सुरु भएको कलश यात्रा वडा २ स्थित नुरी मस्जिद नजिक पुगेपछि भएको झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ भने आयोजकहरुले ढुंगा प्रहार नभएको दाबी गरेका छन्।
प्रकाशित मिति: १५:५७ बजे, शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
