Kathmandu Press

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को आयोजनामा २८औं अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरण गर्नुपर्ने बताए।
व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड

काठमाडौं, फागुन ५ : सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सिजनशीलता एवं व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिएका छन्।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को आयोजनामा २८औं अन्तर्राष्ट्रिय सम्मेलन तथा वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै सभामुखले विषयविज्ञको पेसागत व्यावसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरण गर्नुपर्ने बताए।

Hardik ivf

नेल्टाको सहयोगमा अङ्ग्रेजी भाषा शिक्षकका ज्ञान, सीप र अनुभवलाई आदानप्रदान गर्न सञ्चालन हुने तालिम, कार्यशाला, सम्मेलनले सम्बन्धित क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे। 

नेल्टाका अध्यक्ष मोतीकला सुब्बा देवानले सन् १९९२ मा स्थापित संस्थाले सातै प्रदेशका साथै ५८ जिल्लामा सञ्जाल विस्तार तथा अङ्ग्रेजी शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि, अङ्ग्रेजी विषयका विज्ञको पेसागत अभिवृद्धिका कार्य गरेको जानकारी दिए।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, बङ्गलादेश, मलेसियालगायत २० देशका प्रतिनिधि सहभागी सम्मेलनमा विविधतायुक्त अङ्ग्रेजी भाषा शिक्षणमा पुनः विचारसम्बन्धी छलफल, कविता गोष्ठी,साझेदार संस्थाको प्रस्तुतीकरण, एक सय ६४ वटा विभिन्न कार्यशाला तथा अध्ययन अनुसन्धानका विषयमा प्रस्तुति गरिनेछ।

यही फागुन ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका अङ्ग्रेजी शिक्षक, प्रशिक्षक, अनुसन्धातालगायत एक हजारजनाको सहभागिता छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कार्यालय, स्थानीय सरकारका साथै अमेरिकी सरकार, ब्रिटिस काउन्सिल, फुल ब्राइट कमिसनजस्ता अन्तर्राष्ट्रिय संस्था नेल्टाका साझेदार संस्था हुन्।

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्