Kathmandu Press

सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै कामपा

उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै कामपा

काठमाडौं, फागुन ५ : काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर संकलन बिन राख्ने भएको छ।  

महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो। उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ।   

Hardik ivf

स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ। कामपाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए।  

यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ। वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्न रङ सङ्केतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिरए।  

घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गरी  दीगोरुपमा फोहर व्यवस्थापन गर्न लागिएको हो। यसरी राखिने सेट दुई प्रकारका छन्। पहिलो सेट सानो आकारको रहेको जनाइएको छ। 

 सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ। एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिने छ। यसमा राखिने स्ट्यान्डको मूल्य रु पाँच हजार एक सय ५० र डस्टबिन प्रतिगोटा मूल्य रु दुई हजार नौ सय ५० पर्नेछ। 

मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ। एक सय २५ लिटर क्षमताका दुई वटा बिन राखिने छन्। यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य रु पाँच हजार चार सय ५० र बिनको मूल्य रु तीन हजार आठ सय ९० हो। राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ। 

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्