Kathmandu Press

शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यताले ठूलो क्षति भयो : ओली

चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ।
शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यताले ठूलो क्षति भयो : ओली

काठमाडौं, फागुन ४ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताए।

Hardik ivf

भविष्यमा आउनसक्ने समस्या र चुनौतीहरुलाई सामना गर्न वर्तमान समाज सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता पर्छ। शक्तिशाली राष्ट्रहरूविचको वैमनस्यले गर्दा हुने क्षतिको स्रोत हो । अरूको मूल्यमा आफ्नो प्रभाव प्रयोग गर्ने प्रयासमा संसारमा हावी हुनु अथाह छ,’ अध्यक्ष ओलीले भने, ‘समाज र राष्ट्रहरूबीचको यो द्वन्द्व आज पनि यसरी नै जारी छ र यसले सबै राष्ट्र र जनताका लागि विनाशकारी प्रभाव पारेको छ।’

चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ।

गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको बताउँदै ओलीले नेकपा एमाले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्न प्रतिवद्ध रहेको बताए।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्