Kathmandu Press

बालकुमारी घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो।
बालकुमारी घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं, फागन ४ : बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न गठित आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले आयोगले निकालेको निष्कर्षलाई कार्वान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

Hardik ivf

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए। आयोगले पुस २० देखि काम सुरु गरेको थियो । छानविन नसकिएका कारण १५ दिन समय थप गरिएको थियो।

आयोगका अध्यक्ष पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको बताइएको छ।

 

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्