वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्छ : झलनाथ खनाल
शुक्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तक्र्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै बैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका हुन्।
काठमाडाैं, फागुन ४ : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तक्र्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै बैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका हुन्।
बाम एकताको आवश्यकता रहको अवस्थामा आफ्नो पार्टीले सहि कार्यदिशा नीति र विचारको बिकास गर्नुपर्ने उनले बताए। खनालले अवको अवस्थामा भावनाले नभई नीतिको बहसले मात्रै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे।
उनले कम्युनिष्ट पार्टीलाई देशी बिदेशी शक्तिले पटक पटक बिभाजन गरेको भन्दै कम्युनिष्ट आन्दोलन पुनर्गठन हुनुको बिकल्प नरहेको उल्लेख गरे।
खनालले समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव नभएको तर्क गरे।

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)