Kathmandu Press

दलहरुबीच सहमति जुटेपछि मात्रै एमसीसी संसदमा टेबुल हुन्छ: सभामुख 

काठमाडौं, चैत ३ : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा दलहरुबीच सहमति जुटेपछिमात्रै संसदमा ....

दलहरुबीच सहमति जुटेपछि मात्रै एमसीसी संसदमा टेबुल हुन्छ: सभामुख 

काठमाडौं, चैत ३ : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा दलहरुबीच सहमति जुटेपछिमात्रै संसदमा टेबुल हुने बताएका छन्।

सिंहदरबारमा सोमबार पत्रकारहरुसँगको अनौपचारिक भेटघाटमा सभामुख सापकोटाले एमसीसीका विषयमा दलहरुभित्र छलफल भइरहेको र सहमति जुटेपछि संसदमा टेबुल हुने बताएका हुन्। 

उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढंगले बहस भइरहेकाले पारित हुने अवस्था आएपछि संसदमै प्रवेश गराउने बताए। सभामुख सापकोटाले एमसीसीका विषयमा दलहरुबीच सहमति भएपछि आफूले त्यो पारित गर्न सहजीकरणमात्रै गर्ने बताए।

अमेरिकी सरकारले नेपालमा विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी उपलब्ध गराउने सहयोग जस्ताको तस्तै पारित गर्ने वा नगर्ने भन्नेबारेमा सत्तासीन दल नेकपाभित्रै विवाद छ।

एमसीसीको विषयलाई लिएर विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालकै संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो। उक्त कार्यदलले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नु पर्ने सुझावसहितको प्रतिवेदन नेकपा नेतृत्वलाई बुझाइसकेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने एमसीसी तत्काल पारित गर्नु पर्ने बताउँदै आएको छ। 
 

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्