Kathmandu Press

‘अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्छ’

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले अपांगतामैत्री वातावरण बनाउन र अधिकार स्थापीत गर्न सरोकारवाला मन्त्रालय लगाएत सवैबीच सहकार्य हुनुपर्ने बताएका हुन्।
‘अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्छ’

काठमाडाैं, फागुन ४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले अपांगतामैत्री वातावरण बनाउन र अधिकार स्थापीत गर्न सरोकारवाला मन्त्रालय लगाएत सवैबीच सहकार्य हुनुपर्ने बताएका हुन्।

Hardik ivf

उनले बजेट अभावका कारण पनि विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको जिकिर गर्नुभयो। उहाले मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्नेमा जोड दिए। सहायक सामाग्री वितरण कार्यक्रमहरुलाई तीनै तहका सरकारबीच समन्वयनका आधारमा अघि बढि बढाउनुपर्ने उनले बताए।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनमा मन्त्रालयले बिशेष ध्यान दिने मन्त्री आचार्यले बताए।

बैठकमा समिति सदस्यहरुले अपाङ्गता भएका लागि प्रभावकारी नीति बनाउनुपर्ने, राज्यका तर्फबाट आवश्यक सामाग्रीहरुको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए। 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्