Kathmandu Press

'बोक्सी' भन्दै महिलालाई खुवाइयाे मलमूत्र, एक महिला पक्राउ

मोरङको बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय महिलालाई बिहीबार दिउँसो सोही ठाउँकी ५० वर्षीया पारो माझीले यातना दिएर मलमूत्र खुवाएको प्रहरीले जनाएको छ।
'बोक्सी' भन्दै महिलालाई खुवाइयाे मलमूत्र, एक महिला पक्राउ
Hardik ivf

विराटनगर, फागुन ४ : 'बोक्सी' भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा ५० वर्षीया एक महिला पक्राउ परेकी छन्।

मोरङको बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय महिलालाई बिहीबार दिउँसो सोही ठाउँकी ५० वर्षीया पारो माझीले यातना दिएर मलमूत्र खुवाएको प्रहरीले जनाएको छ। मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि गाउँकी ‘धामीझाँक्री’को समेत काम गर्ने माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिहीबार पूजा लगाउने क्रममा हराएको दियो जोखाना हेर्दा आफूले चोरेको आरोप लगाउँदै माझीले कुटपिट गरेको, लछारपछार पारेर, मलमूत्र खुवाएको, अमानवीय व्यवहार गरेको, बोक्सीको लाञ्छना लगाएको पीडित महिलाको भनाइ छ। माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्