Kathmandu Press

एमालेले भाेलि गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने, , ओली पनि सहभागी हुने

शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए।
एमालेले भाेलि गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने, , ओली पनि सहभागी हुने

काठमाडौं, फागुन ४ : नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए।

Hardik ivf

उनले भने, ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जाने छौ, करिडोर, सुन्दरीजल हुदैँ ड्याम जाने छौ र त्यहबाट आलापोटमा आएर सभामा परिणत हुनेछांै। त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ।’ 

उनले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने बताए। 

उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उनको भनाई छ।

उक्त प्रकारका आयोजनाहरु उपत्यकाका स्थानिय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ। 

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्