Kathmandu Press

प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन : अर्थमन्त्री महत

‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो? म आफैँ अचम्मित छु। कुनै विवाद छैन, राम्रो समन्वय र छलफल भइरहेको छ।’
प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन : अर्थमन्त्री महत

काठमाडौं, फागुन ४ : अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन्। उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए।
 
शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे।

‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, हामीबीच विवदा छ भन्ने प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो? म आफैँ अचम्मित छु। कुनै विवाद छैन, राम्रो समन्वय र छलफल भइरहेको छ।’

Hardik ivf

अर्थमन्त्री महतले मन्त्रालयले संसद्बाट पारित गरेको बजेट कटौती नगरेको, बरू अर्धवार्षिक समीक्षा गरेको बताए। उनले संसद्बाट पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुन नसक्ने बताए।

उनले सरकारले बाँकी रहेका छ महिनामा बढीभन्दा बढी आम्दानी उठाउने र खर्च गर्ने गरी काम गर्ने बताए ।

 

प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्