Kathmandu Press

गण्डकीमा आज सार्वजनिक बिदा

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
गण्डकीमा आज सार्वजनिक बिदा
Hardik ivf

काठमाडौं, फागुन ४ : गण्डकी सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जनाएको थियो । 

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

शुक्रबार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछन् ।

प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्