ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्रीहरु गच्छदार, श्रेष्ठ र जोशीले पाए सफाई
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।
काठमाडौं, फागुन ३ : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले तीनै जना पूर्वमन्त्रीलाई सफाइ दिएको हो।
यस्तै, विशेष अदालतले तत्कालिन सचिव दिनेशहरि अधिकारीलाई पनि सफाई दिएको छ।
विशेष अदालतले अख्तियारका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्त, राजकुमार सुवेदी र सोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
यही मुद्दामा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त भने दोषी ठहर भएका छन् ।
प्रकाशित मिति: १९:३० बजे, बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
