Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पुनः बस्ने

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए। बैठक भोलि बिहान ९ बजे पुन बस्ने उनले बताए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्नेगरि स्थगित भएको छ।
 
आगामी सोमबारदेखि पार्टीको महासमिति बैठक हुँदैछ। त्यसको तयारीका लागि केन्द्रीय कार्यसमितिको बैठक भइरहेको हो।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए।  बैठक भोलि बिहान ९ बजे पुन बस्ने उनले बताए।

Hardik ivf

उनका अनुसार महासमितिका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन बैठकमा पेस भएका छन्।

चार दिनसम्म चल्ने महासमिति बैठक फागुन ७ देखि ललितपुरको गोदावरीमा सुरु हँदैछ।

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्