Kathmandu Press

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान बिहीबार परिमार्जनसहित पारित गरेको हो।
माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौं, फागुन ३ : नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान बिहीबार परिमार्जनसहित पारित गरेको हो।

राजधानीमा भएको विधान अधिवेशनमा समूहगत छलफलबाट संकलित सुझावका आधारमा तयार परिमार्जित विधान पारित गरिएको पार्टीले जनाएको छ। २० समूहमा रहेका सहभागीले पार्टी विधान समयानुकूल बनाउन विभिन्न सुझाव दिएका थिए।

Hardik ivf

अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने बताउँदै उनले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्