Kathmandu Press

एमालेको केन्द्रीय कमिटीको बैठक फागुन ८, ९र १० गते

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालयको बैठकले उक्त मिति तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमालेको केन्द्रीय कमिटीको बैठक फागुन ८, ९र १० गते

काठमाडौं, फागुन ३ : नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको बैठक फागुन ८, ९र १० गते बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालयको बैठकले उक्त मिति तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

महासचिव पोखरेलले जनताका मुद्दाको विषय अगुवाइ गर्ने पार्टीका रुपमा अघि बढ्ने एमालेको निष्कर्ष रहेकाले अहिले सत्ता राजनीतिको विषय प्राथमिकतामा नरहेको बताए।

Hardik ivf

‘जनताका मुद्दाको विषय अगुवाई गर्ने पार्टीका रुपमा स्थापित गर्ने निष्कर्षमा छौं अहिले हाम्रो लागि सत्ता राजनीतिको विषय प्राथमिकतामा छैन,’ उनले भने।

बैठकले पार्टीलाई कसरी बलियो शक्तिको रुपमा स्थापित गर्ने भन्ने बारे छलफल गर्ने योजना पनि बनाएको जानकारी दिए।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्