Kathmandu Press

भारतीय नागरिकलाई बन्धक बनाएको आरोपमा ९ जना पक्राउ

नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि प्रहरीले उद्धार गरेको छ। पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ।
भारतीय नागरिकलाई बन्धक बनाएको आरोपमा ९ जना पक्राउ

काठमाडौं, फागुन ३ : भारतीय नागरिकलाई अमेरिका पठाउने भन्दै काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि प्रहरीले उद्धार गरेको छ। पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन्। नेपाली नागरिकको भने नाम खुलाइएको छैन। 

पक्राउ व्यक्तिविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाउने गरेको भनाई प्रहरीको छ। 
 
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्