मृत्यु भइसकेका व्यक्तिकाे पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ
उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ।
काठमाडौं, फागुन ३ : राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्ज शाखाका एक कार्यालय सहयोगी पक्राउ परेका छन्।
मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पक्राउ परेका हुन्। उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको छ। रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनलाई बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
