Kathmandu Press

माध्यमिक शिक्षा निःशुल्क गराउन मागसहित अनेरास्ववियुद्वारा रिट दर्ता 

काभ्रे जिल्लाका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर निःशुल्क शिक्षाका लागि रिट दायर भएको हो।
माध्यमिक शिक्षा निःशुल्क गराउन मागसहित अनेरास्ववियुद्वारा रिट दर्ता 

काठमाडौं, फागुन ३ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चाेक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

काभ्रे जिल्लाका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर निःशुल्क शिक्षाका लागि रिट दायर भएको हो।

संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरिएको अवस्थामा मौलिक हकमाथि अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुवाट विभिन्न शीर्षक अन्तर्गत शुल्क असुल गर्ने कार्य भइरहेको रिटमा उल्लेख छ।

संविधान एवं प्रचलित कानून विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिन र माध्यामिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले अवश्यक व्यवस्था गराउन अन्तरिम आदेश समेत माग गरिएको छ।
 
प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्