Kathmandu Press

पाँच लाख डेनिस क्रोनसहित पाकिस्तानी नागरिक पक्राउ

उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।
पाँच लाख डेनिस क्रोनसहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं, फागुन ३ : नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

Hardik ivf

उनले भने, 'फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब रु ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुनआउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका छौँ।'

पक्राउ परेका निज पाकिस्तानी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्