Kathmandu Press

वीरमा मन्त्रीकाे अनुगमन : औषधी किन्न बाहिर पठाउने गरेको खुलासा

अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
वीरमा मन्त्रीकाे अनुगमन : औषधी किन्न बाहिर पठाउने गरेको खुलासा

काठमाडाैं, फागुन ३ : वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ।

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधिहरु पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो।

Hardik ivf

अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो। स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिनुभएको थियो। त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ।

अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए।

उनले औषधि पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए। 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्