साउदी अरबमा दुई साता छुट्टी, आठ लाख नेपाली प्रभावित
काठमाडौं चैत ३ : विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप साउदी अरबमा पनि देखिएको छ। जसले गर्दा त्यहाँ कार्यरत करिब आठ लाख नेपाली प्रभावित भएका छन्।
काठमाडौं चैत ३ : विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप साउदी अरबमा पनि देखिएको छ। जसले गर्दा त्यहाँ कार्यरत करिब आठ लाख नेपाली प्रभावित भएका छन्।
चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण एक सय ५७ देशमा पुगेको छ। जसमा साउदी अरब पनि छ। साउदी अरबमा एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोरोना भाइरसको संक्रमण देखिएपछि त्रास बढेको छ। जसले गर्दा साउदी अरबले भीडमा हुने कार्यक्रममा रोक लगाएको छ। त्यस्तै, दुई साता विदा दिएको छ।
बैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले साउदी अबरमा दुई साता कामदारलाई विदा दिएको जानकारी आएको बताए। ‘नेपाली कामदारलाई कोरोना भाइरस लाग्यो भन्ने सूचना आएको छैन। बरु साउदीमा कोरोनाको प्रभाव बढिरहेका कारणले कामदारलाई दुई हप्ताको विदा दिएर भीडभाडमा जान रोकिएको छ,’ उनले भने।
बोर्डका अनुसार, साउदी अबरमा करिब आठ लाख नेपाली रहेका छन्। गत वर्ष आठ लाख ७२ हजार ६ सय १४ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए। गत महिना मात्रै पनि ११ हजार एक सय १० जनाले श्रम स्वीकृति लिएका छन्।
साउदी अबर सरकारले कामदारलाई दुई साता विदा दिएपछि नेपाली कामदार पनि प्रभावित भएका हुन्। नेपाली कामदारमा पनि त्रासको अवस्था रहेको जनाएको छ।
अहिले वैदेशिक रोजगारमा भएमा जनशक्तिबारे बुझ्ने काम भइरहेको सुवेदीले बताए। अहिलेसम्म बैदेशिक रोजगारीमा गएका नेपालीलाई कुनै पनि देशमा कोरोना भाइरसको संक्रमण नरहेको उनको भनाइ छ।
नेपाली कामदार रहेका कयौं देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा कतार पनि एक हो। कतारमा चार सय एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जहाँ दश लाखको हाराहारीमा नेपाली कामदार रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार, गत महिना मात्रै १० हजार सात सय ६४ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए भने गत वर्ष १० लाख ६२ हजार आठ सय ८५ जना रोजगारीका लागि गएका थिए।
त्यस्तै, नेपालको प्रमुख रोजगार गन्तव्य मलेसिया हो। त्यहाँ पनि चार सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत महिनामा मात्रै १० हजार पाँच सय ४४ जनामा कतार गएका थिए भने गत वर्ष १३ लाख ९१ हजार तीन सय चार जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए।
यसैगरि यूएइएमा पनि ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँ पाँच लाखको हाराहारीमा नेपाली रहेका छ। बोर्डका अनुसार, गत महिना १० हजार ८९ जना यूएई पुगेका छन् भने गत वर्ष पाँच लाख २६ हजार नौ सय ७८ जनाले श्रम स्वीकृति लिएका थिए।
नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको कुवेतमा पनि एक सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जहाँ एक लाख १५ हजार नेपाली रहेका छन्।
कोरोना भाइरसको प्रभावित देशमा रहेका नेपालीबारे भने जानकारी लिइरहेको बोडएले जनाएको छ। उनीहरूलाई आवश्यक पर्ने सहयोगका लागि पनि सम्बन्धित देशमा रहेका दूतावासमार्फत पहल भइरहेको जनाएको छ।
अहिलेसम्म कुनै पनि देशबाट घर फर्किन कामदारले माग गरेका छैनन्। उनीहरूका परिवारले पनि घर फर्काउनका लागि माग नगरेको सुवेदीले बताए। ‘नेपालमा भएका आफन्तले हालसम्म विदेशमा भएकालाई कोरोना लाग्यो भनेर उजुरी गर्न पनि आएका छैनन् । यदि त्यस्तो समस्या आएमा के गर्ने भनेर छलफल गर्ने योजना बनिरहेको छ,’ उनले भने।












-(86)-1764936079.jpg)