सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
गत माघको पहिलो साता ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा ७ जनाको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए।
काठमाडौं, फागुन ३ : ठमेलस्थित छाया सेन्टरको प्लेब्वाई क्लबमा भएको आक्रमण घटनामा सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानमार्ने उद्योगमा मुद्दा दायर भएको छ।
उक्त घटनामा दुईजनालाई मात्र अदालतमा उपस्थित गराइएको छ भने सातजनालाई फरार देखाइएको छ। गत माघको पहिलो साता ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा ७ जनाको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए।
प्रहरीको जाहेरी पश्चात् प्रहरी वृत्त दरबारमार्गले सानुभाइ समूहका नामले चिनिने बिसु तामाङ र शैलेन्द्र तामाङलाई पक्राउ गरेको थियो। आक्रमणबाट छमबहादुरको हातको कान्छी औंला भाँचिएको थियो भने दाहिने आँखामा चोट लागेको थियो।
ज्यान मार्ने उद्योगको कसुरमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग गर्दै जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको हो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
