Kathmandu Press

क्लासिक टेकले गर्‍याे  नेपालभरि ३०० कर्मचारीको माग

आह्वान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन्।
क्लासिक टेकले गर्‍याे  नेपालभरि ३०० कर्मचारीको माग

काठमाडाैं, फागुन ३ : देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरि ३०० जनालाई रोजगारीको आह्वान गरेको छ।

आह्वान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन्। योग्यता पुगेका तथा इच्छुक उम्मेदवारहरुले  उल्लिखित पदहरुका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ।

Hardik ivf

कम्पनीले काेशी प्रदेशमा विराटनगर, दुहवी, रंगेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा , केरावारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमकमा  कर्मचारी आवश्यकता रहेको जनाएकाे छ। 

मधेस प्रदेशमा वीरगन्ज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहानमा तथा वाग्मती प्देशमा नयाँ बानेश्वर, गैरीधारा, बालाजु,गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सूर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा) र हेटौंडा (हटिया, पदमपोखरी, वस्तीपुर) मा कर्मचारी आवश्यकता रहेको कम्पनीकाे सूचनामा उल्लेख छ। 

त्यसैगरी गण्डकी प्रदेशका पोखरा र लेखनाथ,  लुम्बिनीका बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र  कोहलपुरमा काम गर्नेगरी कम्पनीले कर्मचारी आवश्यकता रहेको जनाएकाे हाे। 

कम्पनीले यसका कर्मचारीहरुका लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्