काठमाडौं, फागुन ३ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ०८:५७ बजे, बिहीबार, फागुन ३, २०८०