Kathmandu Press

एनआरएनएको नवीकरण तत्काल गर्न उच्च अदालत पाटनको परमादेश

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले परमादेश जारी गरेको हो।
एनआरएनएको नवीकरण तत्काल गर्न उच्च अदालत पाटनको परमादेश

काठमाडौं, फागुन २ : उच्च अदालत पाटनले बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को तत्काल नवीकरण गर्न परमादेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले परमादेश जारी गरेको हो।

Hardik ivf

आवश्यक कागजात तथा दस्तुर बुझाइसकेको भए पनि परराष्ट्र मन्त्रालयले नवीकरण नगरी बिनाकारण फाइल अल्झाएर राखेको भन्दै एनआरएनए अध्यक्ष डा.बद्री केसीले उच्च अदालतमा गत पुस ११ गते रिट निवेदन दिएका थिए।

उक्त रिटमा यसअघि न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पुस १२ गते प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। परमादेशको पूर्ण पाठ आउन भने बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति: १८:२५ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्