Kathmandu Press

जिबी–रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि छानविन सुरु

विभागले लेखेको पत्रमा बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनिएको छ । सबै बैंकबाट खाताको विवरण प्राप्त भएपछि विभागले गहिरो छानविन गर्ने भएको छ।
जिबी–रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि छानविन सुरु

काठमाडौं, फागुन २ : सहकारीको रकम हिनामिनामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर (जिबि) राई को बिषयमा छानविन सुुरु भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्वन्धित बैंकसँग खाता माग गरेको छ। विभागले २०८० माघ ८ गते नै २० वटा बैंकहरुलाई पत्र पठाउँदै बैंक खाता भए नभएको बिषयमा विवरण पठाउन भनेको हो।

Hardik ivf

विभागले लेखेको पत्रमा बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनिएको छ । सबै बैंकबाट खाताको विवरण प्राप्त भएपछि विभागले गहिरो छानविन गर्ने भएको छ।

प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्षर गरिएको पत्र बैंकहरुलाई पठाइएको हो। विभागले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालय, एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई परिपत्र गर्दै बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

रवि–जीबी जोडिएको सहकारीको फाइलमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस समेत जारी भएको छ । जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक हुन्। जीबी र रविमाथि गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा समेत कर्जा लिएर ठगी गरेको आरोप छ।

गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। उक्त टेलिभिजनका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। राईविरुद्ध कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

रविले पोखराको सूर्यदर्शन सहकारीबाट पनि छुट्टै १ करोड निकालिएको तथ्य बाहिरिएको थियो । यता बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप यसअघि नै सार्वजनिक भएको थियो।

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्