माओवादीको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नेसम्मको सुझाव
समूहगत छलफलकाक्रममा एउटा पक्षले कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव समेत दिएको छ।
काठमाडौं, फागुन २ : नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नेसम्मको बिषय उठेको छ।
समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम र चुनाव चिन्ह फेर्न सुझाएका हुन्। कतिपयले हालकै नाम उचित भएको भन्दै फेर्न नहुने भनाई राखेका छन्।
समूहगत छलफलकाक्रममा एउटा पक्षले कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव समेत दिएको छ।
सबै माओवादी घटकलाई मिलाएर पार्टीको नाम फेर्ने सुझाव छलफलमा आएको हो। विधान अधिवेशनका सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।
हालसम्म १० समूहले विधानमाथि सुझाव पेस गरिसकेका छन् । मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरु भएको थियो।
प्रकाशित मिति: १७:३० बजे, बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












