कांग्रेसको महासमिति बैठक सोमबारदेखि गोदावरीमा
चार दिनसम्म चल्ने बैठक पार्टीको विधान, नीति पारित गर्न र नेतृत्व चयनका लागि हुन लागेको पार्टीका प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन्।
काठमाडौं, फागुन २ : नेपाली कांग्रेसको महासमिति बैठक आगामी सोमबारदेखि ललितपुरको गोदावरीमा हने भएको ।
चार दिनसम्म चल्ने बैठक पार्टीको विधान, नीति पारित गर्न र नेतृत्व चयनका लागि हुन लागेको पार्टीका प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले महासमितिमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव प्रस्तुत हुने बताए। यस्तै, उनले महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्ने बताए।
बैठकका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि मूल आयोजक समिति गठन गरिएको उनले बताए।
नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ भने पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यसूची छ।












