माओवादीको प्रस्तावित विधान– सदस्यता लिएको एक वर्षसम्म गतिविधिमा नरहे सदस्यता गुम्ने
पार्टीले अनुशासनको कारबाही गरी सदस्यबाट निष्काशन गरेमा र तोकिएको समयमा सदस्यता नवीकरण नगरेमा पनि माओवादीको संगठित सदस्यता समाप्त हुने भनिएको छ।
काठमाडौं, फागुन २ : नेकपा माओवादी केन्द्रको मस्यौदा विधानमा सदस्यता लिएको व्यक्ति एक वर्षसम्म पार्टी गतिविधिबाट टाढा रहेमा स्वतः सदस्यता गुम्ने व्यवस्था राखिएको छ।
उक्त मस्यौदा माओवादीको जारी विधान सम्मेलनमा प्रश्ताव गरिए पनि पारित भने हुन बाँकी छ। पार्टी कामबाट एक वर्ष मात्रै निष्क्रिय रहे सदस्यता समाप्त हुने मस्यौदामा उल्लेख छ।
पार्टीले अनुशासनको कारबाही गरी सदस्यबाट निष्काशन गरेमा र तोकिएको समयमा सदस्यता नवीकरण नगरेमा पनि माओवादीको संगठित सदस्यता समाप्त हुने भनिएको छ।
यदी सदस्यता गुमाएको व्यक्ति पुनः पार्टीमा आउन चाहेमा उसले आत्मआलोचनासहित सदस्यताका लागि पुनः आवेदन दिनुपर्नेछ। उक्त आवेदनलाई सम्बन्धित कमिटिले स्वीकृत गरेमा मात्र पुनः पार्टी सदस्यता कायम हुने भनिएको छ।
यस्तै पार्टीलाई चुस्त बनाउन १५१ सदस्यीय केन्द्रीय समिति बनाउने भनिएको छ। केन्द्रीय समिटिको एक तिहाइ पालिटब्युरो र पालिटब्युरोको एक तिहास मात्रै स्थायी कमिटि रहनेछ । विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ।












