Kathmandu Press

झापाका बिरामीमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि

झापा, चैत ३ : कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीमा कोरोना भाइरसकाे संक्रमण नरहेकाे पुष्टि भएको छ।  भद्र्....

झापाका बिरामीमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि

झापा, चैत ३ : कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीमा कोरोना भाइरसकाे संक्रमण नरहेकाे पुष्टि भएको छ।  भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल रेफर गरिएको थियो।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे। 'उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन', उनले भने।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्