‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’
सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो।
काठमाडौं, फागुन २ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन्।
बुधबार काठमाडौंस्थित परोपकार प्रसुति स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताए।
‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित छैन। यसले मेडिकल शिक्षामा पनि जोड दिएर आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा समेत महत्वपूर्ण कामहरु गरेको छ,’ उनले भने, ‘तर यहाँ मेडिकल शिक्षा प्रदान गर्ने जति तह र कोटा छन्। अहिलेको अवस्थामा पर्याप्त छैनन् । कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवाको कल्पना समेत गर्न सकिँदैन।’
सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो।
‘सात सय ५३ वटा पालिका अस्पतालको शिलन्याश गरियो । काम एउटा अस्पतालमा पनि सकिएको छ । सकिएको भएपनि कर्मचारी अभावमा सञ्चालन गर्न सकिएको छैन,’ मन्त्री बस्नेतले भने।
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूर्ण कामहरु गरिरहेको उनले उल्लेख गरे।












