जिल्ला अदालत काठमाडौंका अधिकृत बलात्कार आरोपमा पक्राउ
च्च अदालत पाटनमा करारमा कार्यरत कर्मचारीमाथि बलात्कार गरेको आरोप उनीमाथि छ।
काठमाडौं, फागुन २ : जिल्ला अदालत काठमाडौंका अधिकृत बलात्कार आरोपमा पक्राउ परेका छन्।
जिल्ला अदालतका अधिकृत गोपाल गजमेरलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। एक बलात्कारसम्बन्धी जाहेरीका आधारमा गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ।
गत माघ २९ गते जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भएको थियो। आरोपी गजमेरलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि पाँच दिन थुना अनुमती समेत लिइएको छ।
गत माघ १८ गते उच्च अदालत पाटनमा करारमा कार्यरत कर्मचारीमाथि बलात्कार गरेको आरोप उनीमाथि छ।
प्रकाशित मिति: १५:३५ बजे, बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












