Kathmandu Press

पर्सामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढ्यो

जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।
पर्सामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढ्यो

पर्सा, फागुन २ : सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पर्सामा बढ्दै गएको छ। गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढेको छ।

गत आवको पहिलो छ महिनामा भएका १३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

Hardik ivf

जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको उनले बताए। दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको उनले बताए।

सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या १९ प्रतिशत र समान्य घाइतेको संख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य १८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको संख्या ४९ र सामान्य घाइतेको संख्या २७१ पुगेको निरीक्षक खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्