Kathmandu Press

परराष्ट्रमन्त्री साउद र न्यूजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्सबीच भेट

बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री साउद र न्यूजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्सबीच भेट


काठमाडौं, २ फागुन : नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गरेका हुन्।

बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ।

Hardik ivf

आजै मन्त्री साउदको सम्मानमा मन्त्री पिटर्सले दिवाभोजको आयोजना गरेका थिए। त्यसअघि मन्त्री साउदले न्युजिल्याण्डको प्रतिनिधिसभामा भएको प्रश्नोत्तर सत्रको अवलोकन गरेका थिए।

संसदमा नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिलाई सभामुख गेरी ब्राउन्लीले स्वीकार गरेका थिए। न्युजिल्याण्डस्थित नेपालका अवैतनिक दूत तथा वेलिङ्टनमा रहेका नेपालीको आयोजनामा भएको छलफलमा मन्त्री साउद तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

त्यसअवसरमा न्युजिल्याण्डमा रहेका नेपालीलाई राहदानी, कन्सुलर सेवालगायत सेवा प्रवाह गर्ने, न्युजिल्याण्डमा नेपालीले सिकेका सीप, ज्ञान र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्नेसम्बन्धमा छलफल भएको उक्त दूतावासले जनाएको छ।

त्यसअघि नेपाल–न्युजिल्याण्ड परराष्ट्र मन्त्रालय परामर्श बैठक भएको थियो। बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल र त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभागीय निर्देशक जोन्ना केम्केर्सले न्युजिल्याण्डको नेतृत्व गरेका थिए।

बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार आदानप्रदान हुनका साथै दुई देशबीच आर्थिक–सांस्कृतिक साझेदारीका माध्यमबाट आपसी सहयोगलाई अझ सघन तुल्याउने सम्बन्धमा छलफल भएको थियो।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्