Kathmandu Press

दीपेन्द्र के खनालको ‘मेयर’को मुहूर्त

सरस्वती पूजाको अवसर पारेर दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहुर्त गरिएको हो। फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन्।
दीपेन्द्र के खनालको ‘मेयर’को मुहूर्त

काठमाडौं, फागुन २ : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को शुभ मुहूर्त गरिएको छ।

सरस्वती पूजाको अवसर पारेर दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहुर्त गरिएको हो। फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन्। उनी फिल्मका कर्याकारी निर्माता पनि हुन्।

फिल्ममा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिका रहनेछन्। उनको अपोजिटमा वर्षा राउतलाई देख्न सकिन्छ। उनीहरुसँगै फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, आशान्त शर्मालगायत पनि रहनेछन्।

पटकथा प्रडक्शनले निर्माण गर्न लागेको फिल्ममा शर्मिला पाण्डे र श्रृष्टिमां खनालको लगानी रहनेनछ। महेश दवाडीले पटकथा लेखेको फिल्मलाई कृष्णबहादुर थापाले खिच्नेछन्।

 

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्