विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अनुमति
अब प्रहरीले उनीहरुमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउने छ।
काठमाडौं, फागुन २ : गैरकानूनी सम्पत्ति आर्जन आरोपमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेष अदालतले बुधबार उक्त अनुमती दिएको हो। उनीहरुलाई प्रहरीले म्याद थपका लागि विशेष अदालतमा पेश गरेको थियो। अब प्रहरीले उनीहरुमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउने छ।
गत माघ १० यता उनीहरु थुनामै छन् । विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन र विदेशमा पैसा लुकाएको लगायतका आरोप छन्।
प्रकाशित मिति: १३:३८ बजे, बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












