Kathmandu Press

७८ एसपीको सरुवा, २५ जिल्लाका इन्चार्ज फेरिए

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फागुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ७८ जना एसपीको काज सरुवा गरिएको हो।
७८ एसपीको सरुवा, २५ जिल्लाका इन्चार्ज फेरिए

काठमाडौं, फागुन २ : नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी)को काज सवा गरिएको छ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फागुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ७८ जना एसपीको काज सरुवा गरिएको हो।

Hardik ivf

नेपाल प्रहरीको मानवश्रोत विकास विभागका अनुसार यो सुरुवासँगै २५ जिल्लाका इन्चार्ज फेरिएका छन्। तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कंडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।

कंचनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदम बहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेपलान्चोकमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।

यस्तै, धनकुटामा बिमल बस्नेत, डोटी बिष्णुहरी कोइराला, चितवन भावेष रिमाल, धनुषा मित्रबन्धु शर्मा, झापा मिलन केसी, रुपन्देही रञ्जित सिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।

 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्