Kathmandu Press

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी संकलन

माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको छ।
पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ, फागुन २ : ताप्लेजुङको पाथीभरा मन्दिरमा माघ महिनामा २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्यांकानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको छ।

Hardik ivf

माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।

गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ। बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ।

बडादसैँपछि चैतेदसैंका समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्दछन्। यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन्।

पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए।

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्