ललिता निवास जग्गा अनियमिता प्रकरणकाे सुनुवाई सकियो, बुधबार फैसला आउने
करिब एक महिना लगाएर मुद्दाको सुनुवाई मंगलबार सकिएको छ। संक्षिप्त आदेशसहित मुद्दाको फैसला बुधबार आउने छ।
काठमाडौं, फागुन १ : ललिता निवास जग्गा अनियमिता प्रकरण मुद्दको सुनुवाइ सकिएको छ। विशेष अदालतमा माघ २ गतेबाट सुरु भएको सुनुवाई मंगलबार साँझ सकिएको हो।
करिब एक महिना लगाएर सुनुवाई सकिएको र मिसिल अध्ययनको काम पनि भइरहेको विशेष अदालले जनाएको छ। संक्षिप्त आदेशसहित मुद्दाको फैसला बुधबार आउने अदालतका प्रवक्त धनबहादुर कार्कीले बताए।
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलगायत विरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












