Kathmandu Press

वर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बर्बादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए।
वर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

काठमाडौं, फागुन १ : गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूति गराउनु भएको बताए।

Hardik ivf

‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षा अनुसार भएन,’ उनले भने, ‘ अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तीव्र गरेर जनताको आधारभूत आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूति गराउनु हो ।’

गृहमन्त्री श्रेष्ठले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बर्बादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए। उनले प्राप्त उपलब्धिको रक्षा गर्नु र त्यसलाई बलियो बनाउने तर्फ केन्द्रित हुनुपर्ने बर्ताए।

‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान र राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो भने प्राप्त उपलब्धिको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो। राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यी चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ, अहिलेको यथार्थ यही हो।’

उनले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे।

नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्विकार नगर्नु भएको पनि उनको भनाई छ।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्