साझाका बसमा स्यानिटाइजर छर्कन सुरू
काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमण रोकथामका लागि साझा यातायातले बसहरूमा स्यानिटाइजर छर्कन सुरू गरेको छ।
सोमबारदेखि साझाका बस स्यानिटाइ....

काठमाडौं, चैत ३ : कोरोना भाइरसको संक्रमण रोकथामका लागि साझा यातायातले बसहरूमा स्यानिटाइजर छर्कन सुरू गरेको छ।
सोमबारदेखि साझाका बस स्यानिटाइजर छर्केर मात्रै गुड्ने भएका छन्। सोमबार बिहान पनि बसहरूमा स्यानिटाइजर छर्किएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राखेर स्यानिटाइजर छर्किन थालिएको साझा यातायातले जनाएको छ। सार्वजनिक यातायातमा कोरोना भाइरसको संक्रमणको जोखिम हुने गरेको छ। त्यसैले स्टानिटाइज गरेर मात्रै बस गुडाउन थालिएको साझा यातायातले जनाएको छ।
कोरोना भाइरसको संक्रमण फैलिएका विभिन्न देशका प्रमुख शहरमा पनि सार्वजनिक यातायात स्यानिटाइज गर्न थालिएको छ। कतिपय शहरमा त यातायात बन्द नै गरेको छ।
प्रकाशित मिति: १२:०७ बजे, सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

