Kathmandu Press

माओवादी केन्द्रको विधान अधिवेशन छलफलका लागि स्थगन

पार्टीका विभिन्न समूहले विधान मस्यौदामाथि छलफल गरेर सुझाव दिने प्रयोजनका लागि स्थगित भएको जनाइएको छ।
माओवादी केन्द्रको विधान अधिवेशन छलफलका लागि स्थगन

काठमाडौं, फागुन १ : नेकपा माओवादी केन्द्रको विधान अधिवेशन बुधबार दिउँसो २ बजेसम्मलाई स्थगन गरिएको छ।

पार्टीका विभिन्न समूहले विधान मस्यौदामाथि छलफल गरेर सुझाव दिने प्रयोजनका लागि स्थगित भएको जनाइएको छ।

Hardik ivf

विधान मस्यौदामाथि छलफलका लागि विभिन्न २० वटा समूह तय भएको छ। विधान अधिवेशनले पार्टीको विधान परिमार्जन गर्ने भएको छ।

यो अधिवेशनबाट साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ । अधिवेशनमा मुलुकभरबाट करिब १३ सय नेता–कार्यकर्ता सहभागी छन्। 

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, फागुन १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्