Kathmandu Press

विराटनगरमा चन्दा आतंक मच्चाउने दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरका विभिन्न विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
विराटनगरमा चन्दा आतंक मच्चाउने दुई जना पक्राउ

विराटनगर, फागुन १ : विराटनगरमा चन्दा आतंक मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरका विभिन्न विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

उनीहरुले मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाइरहेको प्रहरीले बताएको छ। नेपाल कम्युनिट पार्टी माओवादीका महासचिव महावीरको नाममा उनीहरुले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले  इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँको भिमसेनगोला बस्दै आएका ३८ वर्षका प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका– १ का ३० वर्षका विपिन अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए।

यसअघि मंगलबार विहान विराटनगर महानगरपालिका–३ मा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ र यस घटनामा पनि उनिहरुको संलग्नता रहेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्रीहरु ७ वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको तार, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ। यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्