मलाई नतृत्वको रहर छैन : प्रचण्ड
‘जनयुद्ध दिवस’का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वमाओवादीलाई एकताबद्ध हुन आह्वान गर्दै उक्त भनाई राखेका हुन्।
काठमाडौं, फागुन १ : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन्।
‘जनयुद्ध दिवस’का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वमाओवादीलाई एकताबद्ध हुन आह्वान गर्दै उक्त भनाई राखेका हुन्।
उनले भने, ‘म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु। आउनुस् बसौँ, समीक्षा गरौँ। खुल्ला मनले आत्मालोचना गरौँ। माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो। अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन।’
उनले माओवादीको वर्तमान अवस्था विगत जस्तै रहन नसकेको स्विकारोक्ती समेत गरेका छन्। प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरुद्ध दुस्साहस गरिरहेको पनि बताए।
‘गणतन्त्रविरुद्ध दुस्साहस गर्ने कोसिसा गर्दैछन्। एकपटक फेरि हामी जाग्नुपर्छ। अपमानित गर्न खोज्नेलाई ठिक ठाउँमा ल्याउनुपर्ने छ।’ माओवादी आन्दोलनलाई हिजो समाप्त पार्ने र अहिले होच्याउने काम भइरहेको भनाई उनको थियो।












