Kathmandu Press

पत्रकार धितालका ६ वटा पुस्तक सार्वजनिक

नेपाली 'जनयुद्ध'का अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन्।
पत्रकार धितालका ६ वटा पुस्तक सार्वजनिक

काठमाडाैं, फागुन १ : जनयुद्ध दिवसमा अवसरमा पत्रकार एवं लेखक मनऋषि धितालको ६ वटा पुस्तक सार्वजनिक गरिएको छ।

नेपाली 'जनयुद्ध'का अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन्।

पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ सार्वजनिक गर्दै प्रचण्डले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताए। उनले जनयुद्धबारे बुझ्न पुस्तक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत विमोचन गरिएको थियो। 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्