Kathmandu Press

महालक्ष्मी नगरपालिकामा फागुन ५ देखि तीन दिने महोत्सव

महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा, संस्कृति,पर्यटन ,उद्योग र व्यापार ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवको तयारी पुरा भएको नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए।
महालक्ष्मी नगरपालिकामा फागुन ५ देखि तीन दिने महोत्सव

ललितपुर, फागुन १ : ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा तीन दिने महालक्ष्मी महोत्सव आयोजना हुने भएको छ।

नगरपालिकाले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि  ८ गतेसम्म प्रथम महालक्ष्मी महोत्सव आयोजना गर्न लागेको जनाएको हो। ‘महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा, संस्कृति,पर्यटन ,उद्योग र व्यापार ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवको तयारी पुरा भएको नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए।

Hardik ivf

महोत्सव आयोजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको र महोत्सवलाई सफल बनाउन बिभिन्न ११ वटा तयारी समिति बनाइएको उहाले बताए। महालक्ष्मी नगरमा आन्तरिक पर्यटनको प्रवर्धन गर्न, नगर भित्रका संस्कृति सम्पदा पर्यटन क्षेत्रको सव पक्षहरुको उजागर गर्न महोत्सव आयोजना गरिएको पनि प्रमुख श्रेष्ठले जानकारी दिए।

त्यस्तै नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले महोत्सवका क्रममा सांस्कृति ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको  उत्पादन, कृषि उत्पादन लगाएतको प्रदशनी रहने जानकारी दिए। उनले मनमोहन टावर तथा गणेशमान सिंह पार्क, मानेदोभान, गुम्वाहरुको अवलोकन तथा दृश्यावलोकन गराइने बताए।

महोत्सवको उद्घाटन महालक्ष्मी नगरपालिकाको नामाकरण भएको महालक्ष्मी मन्दिरको परिसर नजिक वडा नं ८ मा हुने आयोजकले जनाएको छ। त्यस्तै समापन भने वडा नंवर १० स्थीत लाकुरी भञ्ज्याङमा हुने बताइएको छ।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्